२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालिका वधु’की ‘दादिसा’ सुरेखा सीकरीको निधन



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री सुरेखा सीकरी (दादिसा) को आज निधन भएको छ। उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण शुक्रवार बिहान निधन भएको उनको म्यानेजरले बताएका हुन् ।

सुरेखा केही महिनादेखि बिरामी थिइन्। गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो।

सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले ‘तमस’ (सन् १९८८), मम्मो (सन् १९९५) र ‘बधाई हो’ (सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन्।

उनी अभिनित फिल्म ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो। अमृत नाहटाको निर्देशन रहेको उक्त फिल्ममाथि सञ्जय गान्धीले संकटकालीन समय (१९७५(७७) मा प्रतिबन्ध लगाएका थिए। उक्त फिल्म पछि मात्रै रिलिज भएको थियो।

टेलिसिरियल ‘बालिका वधु’मा उनले दादीसा (हजुरआमा) को भूमिका निभाएकी थिइन्। जुन भूमिकाबाट उनले निकै चर्चा बटुलेकी थिइन्।