२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा लकडाउनको समयावधि फेरि थप



अ+ अ-

सिड्नी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो । 

नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेभएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ । (रासस-सिन्ह्वा)