२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासु खाँदा यी कुरामा ध्यान दिनैपर्छ, जान्नुहोस्



अ+ अ-

काठमाडौं । एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।

१) मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।

२) मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

३) ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।

४) मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।