काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) तोलामा रु ३ सयले बढेर प्रतितोला रु ९२ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार २ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३१५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







