२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मुद्दाका फरार व्यक्ति नौ वर्षपछि पक्राउ



अ+ अ-

भक्तपुर । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

विसं २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको बा ३ च ५३७५ नं को एम्बुलेन्सले बा ४०प ५०७९ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए । प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।