१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट लिएको स्थापित तथ्य: न्यायाधीश खतिवडा



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै अवस्थामा मन्त्री लामिछानेले नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य भएको बताउनुभएको छ ।

मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा बहस सुरु हुँदा रविका तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै न्यायाधीश खतिवडाले भन्नुभयो, “सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।”

वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यकरुपमा कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किन नमिल्ने तर्क गर्नुभएको थियो । जवाफमा न्यायाधीश खतिवडाले नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ? भनी प्रतिप्रश्न गर्नुभएको थियो ।

अहिले मन्त्री लामिछानेका तर्फबाट वकिलहरुले बहस गरिरहेका छन् । मुद्दाको फैसला आजै आउने सम्भावना रहेको बताइएको छ ।