२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँः मन्त्री भण्डारी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजि गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताउनु भयो । उहाँले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताउनु भयो ।

उहाँले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याको कारण धेरै होलान । विगतमा भूकम्प तथा कोरोना महामारी लगायत अन्य कारणले नेपालको अर्थतन्त्र अहिले जुन अवस्थामा पुग्यो । व्यापार घाटा जसरी चुलियो । नेपालको जनशक्ति जसरी बाहिरियो । यसमा समस्याको गीत गाएर होइन । समस्या समाधानको सम्भावनालाई पनि खोज्छौं । सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो । नीतिमा कहाँ हो समस्या ? लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउनेकुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु ।’

निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ । यसमा हामी केही विषयहरुका लागि एउटा समिति बनेको छ, त्यो समितिले रुग्ण उद्योगहरु र विगतमा हामीले सञ्चालनमा ल्याउन नसकेका बन्द भएका उद्योगहरुलाई हामी अघि बढाउनेछौँ । लिज प्रक्रियाबाट अघि बढाउने सरकारको नीति छ । सरकारले उद्योग चलाउँदैन, सरकारले उद्योगीहरुलाई प्रोत्साहित गर्ने हो । नीति र कानून फुकाइदिने कुरा हो । उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ । चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताउनु भयो । उहाँले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताउनु भयो । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।