२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन यत्तिकै सकिँदैन (फोटोफिचर)



जोरपाटीस्थित विआईए इन्टिच्युटमा गलैचा बुन्दै अपाङ्ता भएकी महिला ।
अ+ अ-

खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण ग¥यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् ।

आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् । कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने । विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे । त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन् ।

उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् । त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् । त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश/विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् ।

जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आउनुभएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् ।

थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् । आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन् । न्युज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्तिहरुको कथालाई आजको फोटो फिचरमा समेटेको छ ।
तस्बिरः न्युज एजेन्सी नेपाल

जोरपाटीस्थित विआईए इन्टिच्युटमा थाङ्का बनाउदै अपाङ्ता भएका कलाकार ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार ।
जोरपाटीस्थित अपाङ्ग संघपरिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष एक अर्काको सहारामा हिड्दै ।
जोरपाटीस्थित अपाङता भएकाहरु बस्ने एक सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का । उनका हात खुट्टा दुवै चल्दैनन् । उनी चिउडोको सहारामा ह्वील चेयर चलाउछन् । भने हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउछन् ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा धुप बनाउदै एउटा खुट्टा गुमाएका पुरुष ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा वास्केट वल खेल्दै अपाङता भएका ह्वीलचेयर प्रयोग गर्ने युवकहरु ।
पशुपतिमा एक दृष्टिविहीन आवाजको सहारामा मोवाइल चलाउदै ।
गौशालामा व्यापार गर्दै अपाङ्ता भएकी महिला ।
गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउदै कुष्टरोग पिडित पुरुष ।