२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनपछि सेना परिचालन



अ+ अ-

केप टाउन, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । 

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गर्नुभएको छ । उहाँले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गर्नुभएको हो ।

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उहाँको समर्थनमा भएका पदर्शनहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी पक्राउ परेका छन् । जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । 

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाईको थिएन । प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन् ।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ । संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन् । कानुनविद्हरूले जेल सजायँ माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उहाँको दलसहित त्यहाँका राजनीतिक दलहरूले उहाँलाई पदच्युत गर्न सफल भएपनि उहाँको पक्षमा अहिलेपनि ठूलो समूह रहेको छ । (रासस-एएफपी)