२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैनः उपाध्यक्ष नेम्वाङ



file
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको पनि पटकपटक दोहो¥याउनु भयो । शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो । उपाध्यक्ष नेम्वाङले भन्नु भयो, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन नि । सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं । पु¥याउँछांै । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन ।

यस्ता कुराहरु उत्पन्न हुन्छन । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो । मिश्रीत निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो । त्यसैले यो चिन्ताको विषय होइन । म आग्रह गर्न चाहन्छु–यी सम्पूर्ण कुराहरुलाई जनताले जनताका लागि बनाएको संविधान अन्तरगत हामी पार लगाउँछौं । यो कुरा पनि मौकामा भन्नु पर्दछ–होइन यो त संविधानकै त्रुटि पो भएछ कि ? संविधानमै त्रुटि भएछ कि । म आफ्नो कुरालाई टुंग्याउन चाहन्छु । त्यसो होइन ।

संविधानसभाको अध्यक्षको कुर्सीबाट त्यो संविधानलाई जारी गरिरहँदा मैले भनेको थिए–हामीले राम्रो संविधान, समझदारीको संविधान, हाम्रा दलहरुको बुद्धिमानीको परिणाम यो संविधान हामीले बनायौं । जारी ग¥यौं । यसलाई कार्यान्वयन गर्न पर्छ । तर यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा जिम्मेवारी भनेको हाम्रो हो । जतिसुकै रामो संविधान होस् । आज शहीद दिवसको दिनमा म त्यो भनाई सम्झन्छु–जतिसुकै राम्रो संविधान होस्, त्यसले बुद्धि, विवेक र क्षमता चाँही बाँडदैन । मिल्ने भए त एक किलो, दुई किलो, १५ किलो बुद्धि, विवेक क्षमता बाँडदा हुन्थ्यो नि ।

तर राम्रो संविधानले त्यो गर्न सक्दैन । त्यो बुद्धि, विवेक र क्षमता हामीले देखाउन सक्नु पर्दछ । मलाई विश्वास छ–हाम्रो पार्टी अग्रपंक्तीमा उभिएर सबै समस्याहरुलाई समाधान गर्दै अगाडि बढनुपर्छ भनेर अगाडि बढिरहेको छ । जुनसुकै समस्यालाई हामी यो संविधान अन्तरगत रहेर समाधान गर्छौंं । अप्ठ्यारा, कमीकमजोरीका बाबजुद यीनै दल र दलका नेताहरुले देशलाई यो ठाउँसम्म ल्याई पु¥याएका हुन । कमीकमजोरीको बाबजुत यी र यीनै दलका नेताहरुले देशलाई एउटा सकारात्मक निष्कर्षमा पु¥याउँछन । सबै दलले मिलेर संविधानलाई बुद्धिमानीपूर्वक कार्यान्वयन गर्दै जाउ । समयसापेक्षा परिमार्जन गर्दै जाउँ ।’

उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताउनु भयो । उहाँले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताउनु भयो ।




भर्खरै