२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त राज थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले अनन्तसँगै सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपर प्रशिक्षकमा सुरज कुमार लामालाई नियुक्त गरेको छ । त्यसैगरी, टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् ।

नेपाली महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । सोहि खेलका लागि एन्फाले प्रशिक्षक नियुक्त गरेको हो । भारतविरुद्धको मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।