२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी



अ+ अ-

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिनुभएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ ।

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि फोनवार्तामा उक्त चेतावनी आएको हो ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको हो ।

“उहाँले मलाई एक पटक धम्की दिनुभएको थियो र भन्नुभएको थियो “बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ,” पुटिनलाई उद्धृत गर्दै जोनसनले भन्नुभएको छ ।

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा भावुक पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिनुभएको छ ।

तर आक्रमण अघि, उहाँले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताउनुभएको थियो ।

त्यसपछि पुटिनले जोनसनलाई सोध्नुभयो, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो रु’

जवाफमा मैले भनें, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तिमीलाई यो कुरा राम्ररी थाह छ ।”

क्षेप्यास्त्रको धम्कीबारे जोनसनले भन्नुभयो, “मलाई लाग्छ, उहाँले जुन किसिमको प्रश्न गर्नुभएको थियो उहाँसँग जस्तो अलगावको हावा थियो, पुटिनले उहाँलाई वार्तामा ल्याउने मेरो प्रयाससँग खेलिरहनुभउको थियो ।

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

जेलेन्स्कीले भनेको शब्दलाई उद्धृत गर्दै जोनसनले भन्नुभभयो, “तपाईंलाई थाहा छ, यदि रुसले युक्रेन कब्जा गर्दैछ भने, तपाईंले यस समय मलाई किन केही दिनुहुन्न, जसको सहाराले म यसलाई रोक्न सक्छु ?”

“यदि तपाईं सहयोर्ग मलाई दिन सक्नुहुन्न भने, यसलाई तपाई आफैले रोक्नुहोस्,” जेलेन्स्कीले भन्नुभएको थियो ।




भर्खरै