२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा परी ९० जनाको मृत्यु, एक सय ५० भन्दा बढी घाइते



अ+ अ-

पेशावर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ’ ।

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई बताउनु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताउनु भएको छ ।

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शवहरू निकाल्न सकौं, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौं,’ प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताउनु भएको छ ।

प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ , म आफ्नो ज्यान बचाउन बाहिर भागें, ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले बताउनु एएफपीलाई बताउनु भएको छ । रासस