६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई निरन्तर खोपको सहयोग हुन्छः चिनियाँ राजदूत होउ यान्छी



अ+ अ-

काठमाडौँः चीनले नेपाललाई थप खोप सहयोग गर्ने  जानकारी गराएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन मार्फत चीनले नेपाललाई थप खाृप सहयोग गर्ने बताउनु भएको हो । पत्रकार सम्मेलनमा राजुदत यान्छीले चीनले नेपाललाई हालसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्य अन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप पनि सहयोग गर्ने जनाउनु भयो । उहाँले भन्नुभयो ५८ लाख डोज खोप चीनबाट नेपाललाई सहयोग आउछ ।

चीनका कोरोना भाईरसरको सक्रमण फैलिएको समयमा नेपालले गरेको सहयोग स्मरण गर्दे नेपाल चीनको पुरानो,भरपर्दो साथी र छिमेकी रहेको बताउनु भयो । उहाँले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो खेपको खोप नेपाल आइसकेको  जानकारी गराउनु भयो । चीनबाट सरकारले खोप कतिमा किनेको हो भन्नेबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल–चीन खोप सहकार्य भएको जानकारी दिनुभयो ।

उहाँले ‘विश्वका १ सय बढी मुलुकमा चीनले खोप दिएको छ र ती सबै मुलुकलाई यस्तै प्रक्रियाबाट खोप दिइएको जानकारी गराउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार खोप सहकार्य गरिएको हो। यसमा कुनै असामान्य कुरा नभएको स्पष्ट पार्नुभयो । अर्को प्रसंगमा राजदुत यान्छीले  नेपालतर्फको  दुई नाकाहरु पूर्ण रुपमा संञ्चालन हुन नसक्नु राजनीतिक नभै प्राबिधिक कारण भएको बताउनु भयो । उहाँले भन्नुभयो तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक बिषय हो ।

सिन्ज्याङ प्रदेश (तिब्बत क्षेत्र) को भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ भै रहेको उहाँको भनाई रहेको छ । तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका उहााले जानकारी दिनुभयो ।

यो समस्या कोरोनाको कारणले हो, कोरोना सकिएपछि पूर्वबत अबस्थमा नै संञ्चालन हुन्छ  राजदुत यान्छीले भन्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित उक्त भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीले १०० वर्षमा गरेका प्रगति र पछिल्लो समय चीनले अवलम्बन गरेको पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ विचार धाराबारे धारणा राखेकी राख्नु भएको थियो ।