२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा: सांसदले उठाए सडक स्तरोन्नतिको विषय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशैँको वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता आँैल्याउनुभयो । सांसद छिरिङ डम्डुल लामा ९भोटे० ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्तिका लागि आग्रह गर्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडाँैको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गर्नुभयो । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतामा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इश्वरबहादुर रिजालले दोलखामा बाँदरको आतङ्कले कृषिमा आत्मनिर्भर हुन अग्रसर किसान उठिबासको अवस्था पुगेको जानकारी गराउँनुभयो । उहाँले तत्काल सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरानुभयो । सांसद डा चन्द्रकान्त भण्डारीले गुल्मीमा बाँदरले बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको जानकारी गराउँदै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पु¥याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितको अवस्था दयनीय भएकोे र त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराउनुभयो । सांसद कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीका लागि आर्थिक अभावका कारण आवासको व्यवस्था हुन नसकेको जानकारी गराउनुभयो ।

सांसद गगन थापाले बैंकको ऋर्णले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । रासस