काठमाडौं । आज पनि बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु २ सयले घटेको हो । हिजो (आइतबार) प्रतितोला रु ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) तोलामा रु २ सयले घटेर प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ७ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







