२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा प्रभाव पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले डेढ वर्षअघिको बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा अवरोध भए सिन्धुपाल्चोकको याङ्री र लार्के खोलाबाट पानी ल्याउने प्रक्रियामा अवरोध पुग्ने बताउनुभयो ।

मेलम्ची नदीमा पाँचवटा पालिकालाई हुने गरी राख्न लागिएको बेलिब्रिजको टेण्डरलाई पार्टी विशेषले धम्क्याएर रोकिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । आत्मदाह गरेका प्रेम आचार्यले लेखेको पत्रका विषयमा छानबिन हुनुपर्ने र मलखादको समस्या समाधान हुनुपर्ने सांसद बस्नेतले माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद वसन्त नेम्वाङले तीन वर्षमा भौतिक पूर्वाधारका धेरै काम भएको उल्लेख गर्नुहुँदै भारतीय सहयोगमा पनि धेरै सडक बनेको बताउनुभयो । कति ठाउँमा पूर्वाधारका काममा निर्माण व्यवसायीले अवरोध गरेकाले रोकिएका पूर्वाधार आयोजना तत्काल अघि बढाइनुपर्ने माग उहाँले गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा चन्दा कार्कीले स्वास्थ्यचौकीमा मानिस जान सक्ने अवस्था सिर्जना गर्न माग गर्नुभयो । निजी, सरकारी साझेदारीमा स्वास्थ्य सेवाको काम गरिनुपर्नेमा उहाँको जोड थियो । सुदूरपश्चिम क्षेत्रको भूकम्पमा सरकारको ध्यान नगएको सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा ९एकीकृत समाजवादी०का सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा गएको भूकम्पले पु¥याएको क्षतिको यकिन गर्न स्थानीय तहले पहल नगरेको बताउनुभयो । सरकारले कुनै राहत नदिएकाले तत्काल दिनुपर्ने उहाँको माग थियो । भूकम्प क्षेत्र हेर्ने गरी छुट्टै एकाई बनाउनुपर्नेमा पनि सांसद कुँवरले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिम क्षेत्रको भूकम्प भएर हो कि संसद्मा कुनै जानकारी नगराइएकाले रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो । राहत, उद्धार पुनःस्थापनामा सरकारको छिटो ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

भूकम्पका बेला चर्किएको जमिनमा बर्सात्का समयमा बाढी पहिरोको जोखिम बढ्ने भएकाले सरकारी सरोकार भएका निकायको ध्यान जानुपर्ने सांसद पाण्डेको भनाइ थियो । हिउँ परेका बेला भूकम्पको त्रासले नागरिक घर बाहिर बस्न बाध्य भएको उहाँले सुनाउनुभयो ।

बाजुराका कतिपय बस्ती बस्न लायक नभएकाले स्थानान्तरणको काम हिउँदमै गरिनुपर्ने सांसद पाण्डेको भनाइ छ । विसं २०७२ मै सुशील कोइराला प्रधानमन्त्री भएका बेला बाजुरामा गरिएको अध्ययन प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले लोकतान्त्रिक व्यवस्थामा फरक दलप्रति असहिष्णु हुने स्थानीय तहमा केन्द्रले शासन गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । कांग्रेस सांसद तेजुलाल चौधरीले जनताले अनुभूति गर्ने गरी शान्ति, सुरक्षाको व्यवस्था गरिनुपर्ने बताउनुभयो । सप्तरी जिल्लामा चोरी, लुटपाटका घटना बढिरहेकाले नियन्त्रण गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । रासस