६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार घेराउमा पक्राउ परेका नागरिक अभियन्ता छुटे



अ+ अ-

काठमाडौं । सिंहदरबार घेराउ गर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरु साँझ छुटेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरुलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छोडिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ, राजेन्द्र महर्जन, विमल अर्याल, गोविन्द छन्त्याल, अनुभव अजित, अरुणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरुण थापा, नवीन तिरुवा, बसन्त छिपा, अर्चना थापा, प्रणेतालगायत पक्राउ परेका थिए ।