२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वकप्तान सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । सन्दीपबिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाई आज हुन लागेको हो ।

महान्यायधिवक्ता कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश बदर गर्न र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग गर्दै पुनरावेदन दर्ता गरेको थियो ।

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप गत २९ पुषमा २० लाख धरौटीमा केन्द्रिय कारागारबाट रिहा भएका थिए । जिल्ला अदालतले लामिछानेलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश गरेकोमा उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।