२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतान्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित



अ+ अ-

तेल अभिभ । इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोड्नु भएको छ । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उहाँले सपरिवार खाली गरिदिनु भएको हो । 

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उहाँ देशको प्रमुख विपक्षी दलको नेता बन्नु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उहाँ शाब्बातमा रहेको उहाँकै आफ्नै घरमा बस्न लाग्नु भएको छ । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उहाँ प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिनु भएको हो । 

विषेश एक सम्झौतापछि उहाँको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बन्नु भएको छ । उहाँले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएको थियो । (रासस, एएनआई)