२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल खारेजीको माग गर्ने अधिकार कसैलाई छैन– प्रमुख निर्वाचन आयुक्त(भिडियोसहित)



file
अ+ अ-

कामठाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा कुनै व्यक्तिले अर्को दल खारेजीका लागि निवेदन निदे व्यवस्था नभएको बताउनुभएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीका लागि आयोगमा निवेदन परेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले दल खारेजीको विषयलाई कानूनबमोजिम टुंग्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० का व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।”

रास्वपा खारेजीको विषयमा परेको निवेदनको बेलैमा कानूनअनुसार अध्ययन गरेर निर्णय गरिने उहाँको भनाइ थियो । निर्वाचन आयोगले यसअघि पनि ४१ वटा दल खारेज गरेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनसम्बन्धी कानूनमा केही परिमार्जन गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

“दल दर्ताका लागि निवेदन दिन मिल्ने भए त ‘क’ भन्ने पार्टीका मान्छेले ‘ख’ भन्ने पार्टी खारेजीको लागि निवेदन दिँदै हिँडिहाल्छ नि । त्यसकारण त्यस्तो परिकल्पना गरेको छैन । दलीय प्रतिस्पर्धामा आउनेहरु इमान्दार हुन्छन् । त्यस्ता व्यक्तिहरू राष्ट्र र जनताप्रति प्रतिबद्ध हुन्छन् । उनीहरूले बुझाउनुपर्ने डकुमेन्ट बुझाउनुपर्छ । हामीले पनि विश्वास गर्ने न हो। त्यसैले आयोगमा परेको निवेदनको समयमै निरुपण गर्छौं ।”