६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजा र गोरखाका गरी पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको हो । 

तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् । 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमूनाहरूमध्ये पाँच वटामा नयाँ भेरियन्ट पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्टभन्दा बढी संक्रामक रहेकोले व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्क रहन निर्देशनालयले आग्रह गरेको छ ।