६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको उपाधिका लागि आज आइतबार राति इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्दैछन् ।

इंग्ल्यान्डको वेम्बली स्टेडियमा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लाग्दा एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्दैछ ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । इटालीले ११ खेल जितेको छ भने ८ खेलमा इंग्ल्यान्ड विजयी भएको छ । यस्तै ८ खेल बराबरीमा टुंगिएको छ ।