६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारः मनाङेलाई खेलकुद र आचार्यलाई ऊर्जामन्त्रालयको जिम्मेवारी



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

जनता समाजवादी पार्टी (जसपा)का आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

मन्त्रीद्वयले आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । 

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आएका थिए भने अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिँदै आएका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ ।