२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा याममा यसरी गर्नुहोस् कपालको स्याहार, अपनाउनुहोस् यी उपाय



अ+ अ-

काठमाडौं । वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।

यो मौसममा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा हुन्छ र केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ ।

मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्याउनुपर्छ ।

केश धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ । (एजेन्सीको सहयोगमा)