१ असार २०८३, सोमबार
,
Latest
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसद्द्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अध्यक्ष रविले भेटे प्रधानमन्त्री प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का अध्यक्ष रवि लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भेट गर्नुभएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज संयुक्त बैठक बस्नुअघि लामिछानेले प्रधानमन्त्री नेतासँग  भेट गर्नुभएको हो ।

आजै रास्वपाका सभापति रवि लामिछानेले पार्टीको बैठकले आज ठोस निर्णय लिने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै लामिछानेले आजको बैठकले ठोस निर्णय लिने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।”

नागरिकताको विवादका कारण सर्वोच्च अदालतको आदेश पछि सांसद , उपप्रधान तथा गृहमन्त्री र दलको अध्यक्ष गुमाएका लामिछाने पुन नागरिकता लिएर दलको अध्यक्ष बन्नुभएको थियो ।

तर आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर पटक पटक बैठक बसे पनि निर्णय भने गर्न सकेको छैन ।

रास्वपाको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको सट्टा भौतिक योजना तथा पूर्वाधार मन्त्रालय लिन आग्रह गर्नुभएको छ । पुनः गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको रास्वपाले आज पुनः सरकारमा बस्ने वा बाहिरिनेबारे निर्णय गर्नेछ ।




भर्खरै