२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई भेट्न नेपाल आए रिजवान



अ+ अ-

काठमाडौं । पाकिस्तानका सुपरस्टार विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवान नेपाल आएर सन्दीप लामिछानेलाई भेटेका छन् । सन्दीपलाई भेट्न भनेर रिजवान आइतबार नेपाल आएका थिए ।

रिजवानले सन्दीपलाई आइतबार नै भेटेर हौसला प्रदान गरेका बताईएको छ । उनी सन्दीपलाई हौसला र मनोबल बढाउन नै नेपाल आइपुगेका बुझिएको छ ।

रिजवानले सोमबार विहान नेपाली क्रिकेट टोलीलाई पनि भेटेर सल्लाह सुझाव दिएका छन् । उनी आजै स्वदेश फर्किँदैछन् ।

सन्दीपले पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको दोस्ति भएको थियो । अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरू खेलेका कारण सन्दीपको विश्वका धेरै क्रिकेटरहरूसँग सम्बन्ध रहेको छ । रिजवान टी–२० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् । उनी विश्व वरीयतामा दोस्रो स्थामा छन् ।