२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा फैसलाको पेशी जाहेरवालाद्वारा स्थगित



file
अ+ अ-

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्।

सोमबार फैसलाका लागि तोकिएको पेशी जाहेरवालाको तर्फबाट शान्ति रिसालले स्थगित गराएकी हुन् ।

आज हुने भनिएको पेशी न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको थियो।

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले गत २९ पुषमा २० लाख रुपैयाँ धरौटीमा रिहा थियो । सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

सर्वोच्चले महान्यायाधिवक्तालाई उच्च अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।