६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी अध्यक्ष दाहाल स्वघोषित नेता मात्रैः टोपबहादुर रायमाझी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ ।

सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दे एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुदै गएको र आफुहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताउनुभएको हो ।

संघीय राजधानी काठमाण्डौमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाममात्रको महाधिवेशन गरिएको टिप्पणी गर्नुभयो । उहाँले विगत ३३ बर्ष देखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाउनुभयो । उहाँले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो “गएको चुनावमा नेकपा एमालेसंग नमिलेको हुन्थ्यो भने कतिऔ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ बर्ष सम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने , कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाहे छ । अझै शान्ति प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुईदै तुईदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?”

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उहाँले गर्नुभयो ।