२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जली चन्द, प्रिती राई र अमिशा कार्कीले एक–एक गोल गरे ।

खेलको ४८ औँ मिनेटमा अन्जलीले गोल गर्दै नेपाललाई बराबरी गरिन् । खेलको ६७ औं मिनेटमा प्रितीले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अग्रता बनाइन् ।

यस्तै, ८८ औं मिनेटमा अमिशाले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । भारतकी अपूर्ण नार्जारीले एक गोल फर्काइन् । पहिलो हाफमा एक गोलले पछि परेको नेपाल अग्रता उल्ट्याएर विजयी बनेको हो । जितसँगै नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।