२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ ।

सम्मेलन आयोजक कमिटीको मंगलबार बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक निकायमा महिला सहभागिता वृद्धि गर्नका लागि महिला एकताबद्ध भएर सक्रिय रहनुपर्ने बताइन् । उनले सङ्गठनको ऐतिहासिक भूमिका र यसवाट प्राप्त उपलब्धिको रक्षा गर्न महिला राजनीतिकरुपमा अगाडि बढेको र अझ बढी क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिइन् ।

बैठकमा नेतृहरुले वडादेखि राष्ट्र प्रमुखसम्म नेतृत्व गरिरहेको र संसदीय फाँटमा समेत एक तिहाइ महिलाको प्रतिनिधित्व भएको उल्लेख गर्दै आमाको नाममा नागरिकता, हरेक क्षेत्रमा कम्तीमा एकतिहाइ महिलाको प्रतिनिधित्वलगायत अधिकार प्राप्त भइरहेका कुरा उठेको थियो ।

सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनबाट महिलाको नेतृत्व विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न १९ उपसमिति गठन गरिएका छन् ।