२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ: राष्ट्रपति भण्डारी



अ+ अ-

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ ।

आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको छ ।

“तत्कालीन शासकहरूका विरुद्ध योगमायाले गरेको विद्रोह विश्वको लागि नौलो छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो पुण्यभूमिलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।” सतिप्रथा विरुद्ध योगमायाले अतुलनीय योगदान पु¥याएको उहाँको भनाइ छ । योगमाया र षडानन्दको योगदान रहेको यहाँका क्षेत्रको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थल पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की शिलान्यास गर्नुभयो । विस्तृत परियोजना प्रतिवेदन तयार गरेर निर्माण गर्न लागिएको पार्कमा योगमायासँगै जलसमाधि लिएका ६७ जनाको प्रतिमा राख्ने लक्ष्य रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो ।