५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने



अ+ अ-

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । लगातार दुई पटक स्थगित भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठकमा असार १ मा प्रस्तुत गरिएको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।

प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमती नजुट्दा र रातो किताब तयार नहुँदा असार १५ र २३ गतेका लागि बोलाएको बैठक स्थागित भएको थियो ।

प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई साढे २ करोड बजेट उपलब्ध गराउनुपर्ने एमाले र माओवादीको माग छ । यो मागमा सत्तारुढ दलका अधिकांश सांसदले समर्थन गरेका छन् ।