काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (शुक्रबार) बिहाना साढे ११ बजे बस्दैछ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
नेता सुवास नेम्वाङले हिजोको बैठकबाट केही टुंगोमा पुग्न नसकेकाले आज साढे ११ बजे बस्ने बैठक बस्ने तय भएको जानकारी दिएका थिए । आजको बैठकले टुंगोमा पुर्याउँने नेता नेम्वाङको दावि रहेको छ ।
उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबीच विषयवस्तुमा प्रवेश भर्इ छलफल भइरहेको र आजको बैठकबाट टुंगोमा पुग्न प्रयास गरिने उनले बताएका थिए । कार्यदलको बैठक शिहदरबार स्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।












