काठमाडौं । चीनबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट भेरोसेलको आठ लाख डोज नेपाल ल्याईएको छ । शुक्रबार बिहान वाइडबडी जहाजबाट कोरोना विरुद्धको भेरोसेल खोप ल्याइएको हो । खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो ।
चीनको सिनोफार्म कम्पनीसँग नेपाल सरकारलको ४० लाख मात्रा खोप खरिदको सम्झौता भए अनुरुप पहिलो खोप आज बिहान काठमाडौं ल्याइएको हो ।
आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।












