५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी पाँच वर्ष भित्र ललितपुर जिल्ला अदालतलाई पूर्ण रुपमा डिजिटाइज गरिने



अ+ अ-

काठमाडौं । ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने भएको छ । 
बिहीवार ललिपुर जिल्ला अदालतमा आयोजिक एक कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने बताउनुभयो । 

उहाँले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिनुभयो ।

ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्धा मध्ये ९ सय ६६ मुद्धा फर्छौट भएको र ८ सय ८९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्धा मध्ये ६४० मुद्धा फर्छौट भएका र १ हजार ३ सय ६१ मुद्धा फर्छौट हुन बाँकी रहेको जानकारी दिएको छ । ललितपुर जिल्ला अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्धा मध्ये १ हजार ६ सय ६ मुद्धा फर्छौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिनुभयो । फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताउनुभयो ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्धाको मिलापत्र गराउने कामलाइृ प्राथमिकतामा राखेको जनाइएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्धा मेलमिलापमा पठाइएकोमा १०८ थान मुद्धा मेलमिलाप हुन सकेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले बताउनुभयो ।