काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न इंग्ल्यान्ड जाने भएका छन् । उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।
इंग्ल्यान्ड पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा दुई पटक पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउने प्रावधान रहेको छ ।
द हन्ड्रेड क्रिकेटमा उनी ओभल इन्भिन्सिबलमा आबद्ध छन् । द हन्ड्रेड प्रतियोगिता आगामी जुलाई २२ (साउन ७ गते)देखि सुरु हुनेछ ।
लामिछाने सम्मिलित टिम ओभलले उद्घाटन खेल म्यानचेस्टरसँग खेल्नेछ। सो प्रतियोगिता इंग्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो।
यसअघि बेलायतको भिसा समयमै नपाउदा सन्दीपले पहिलो पटक टी(२० ब्लास्ट खेल्ने अवसर गुमाउन पुगेका थिए ।
गत वर्ष हुने भनिएको द हन्ड्रेड प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका थिए।












