५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौगाड पहिरोमा ज्यान गुमाउनेप्रति सांसद बडुद्वारा दुःख व्यक्त



अ+ अ-

दार्चुला । दार्चुलाको नौगाडमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसका सांसद तथा नेता दिलेन्द्रप्रसाद बडुले दुःख व्यक्त गरेका छन् । 

उनले समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाका साथै उनीहरुको उपचार, बेपत्ताहरुको खोजी, उद्दार र राहत कार्यका निम्ती स्थानीय, प्रदेश र संघीय सरकार तत्काल कदम चाल्न ध्यानाकर्षण पनि गराएका छन् । 

यस्तै नेता बडुले  कोरोनाबाट बचेर तत्काल उद्धार तथा राहत कार्यमा जुट्न जिल्लाका कांग्रेसका सम्पूर्ण स्थानीय नेता, कार्यकर्ता तथा भातृ संघ(संस्थाहरुलाई आग्रह समेत गरेका छन् । 

नौगाड गाउँपालिका(३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो ।
 
बाढीले नौगाड गाउँपालिका(३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ । 

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि  बगाएर ठूलो क्षति पुर्याएको छ ।