५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न



अ+ अ-

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । काठमाडांै उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भैरहेको छ । 

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ । 

अहिले सम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिनुभयो । 

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराइका जिल्लाबाट गोलाकाठ ल्याई हेटौडामा चिरान गरेर काठमाडांै ल्याउने गरेको छ । काष्ठमण्डप पुनर्निर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।