५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा पानी नपर्दा धान रोपाई रोकियो



अ+ अ-

काठमाडौं । बाँकेमा एक साता देखि पानी नपर्दा धान रोपाई रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले धान रोपाई रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रति घण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ ।

बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न शुरु गरेका थिए । बाँकेका किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको छ । हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाई भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाईँ गर्न बाँकी छ । त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत–खेत सम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाई गर्न बध्य भएका छन् । एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुकन थालेको किसान चेतराम सोनकारले बताउनुभयो ।

छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । सिक्टा नहर भएपनि त्यसको अझैपनि पुर्णरुपमा निर्माण हुन सकेको छैन । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुको दुखेसो छ ।

मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । तर असार १५ लागेसँगै बाँकेका अधिकंश क्षेत्रहरुमा पानी नपर्दा खेत सुख्खा भएका छन् । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् ।

एक साता देखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानिको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन चासो नदेखाएको स्थानीयले बताउने गरेका छन् ।