२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टीमको बिदाइ



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेका हुन् ।

एन्फा उपाध्यक्ष वीर बहादुर खड्काले भारतसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिँदै यो खेल पछि महिला लिग गराउने आश्वासन दिए । उनले भने–‘नेपाली महिला फुटबल टिमले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। लगातार खेल नहुँदा उनीहरू भविष्यको चिन्ताले निराश पनि छन् । तर, भारतसँगको मैत्रीपूर्ण खेलपछि हामी रोकिएको महिला लिग गराउने छौँ । धेरै केही हैन खेलेर बाँच्ने वातावरण सृजना गर्ने छौँ’ ।

मैत्रीपूर्ण खेल फेब्रुअरी १५ देखि १८ सम्म भारतको चेन्नईमा हुनेछ । खेलका लागि नेपाली टोलीले सोमबार भारत प्रस्थान गर्नेछन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

नेपाली टोली:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक