२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।

आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ५७ दशमलव १३ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३८ दशमलव ३६ अङ्कले घटेको छ । बैंकिङ समूह २७ दशमलव ९७, विकास बैंक समूह एक सय ४१ दशमलव ५९, वित्त समूह ८४ दशमलव ७० र होटल तथा पर्यटन समूह ९० दशमलव ८७ अङ्कले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह एक सय १० दशमलव ६५, लगानी समूह दुई दशमलव ६३, उत्पादन तथा प्रशोधन समूह दुई सय २० दशमलव ७३ र लघुवित्त समूहको उपसूचक एक सय दुई दशमलव ७३ अङ्कले घटेको छ । आज म्युचुअल फन्ड शून्य दशमलव १२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४० दशमलव १६ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडको शेयर छ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको रू १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा न्यादी ग्रुप पावर लिमिटेडको तीन लाख ७३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएको छ । रासस




भर्खरै