काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज कोरोना विरुद्धको खोप लिन आज बेइजिङ जाने भएको छ । दिउँसो साढे २ बजे उड्ने जहाज राती ११ बजे बेइजिङमा अवतरण गर्ने तयारीमा छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजले १० लाख डोज भेरोसेल खोप ल्याउने भएको हो ।
काठमाडौंमा भने खोप लिएर जहाज भोलि दिउँसो आइपुग्ने छ । भोली (शुक्रबार) १० लाख डोज ल्याएपछि तालिकाअनुसार हप्तैपिच्छे खोप ल्याउने तयारी भएको निगमले जानकारी दिएको छ । नेपालले चिनियाँ खोप भेरोसेल उत्पादक कम्पनी साइनोफार्मसँग ४० लाख डोज खोप ल्याउन लागेको हो ।
उक्त परिमाणको खोप भने ५५ वर्षमाथिका नागरिकलाई लगाइने बतार्ईएको छ ।












