२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक प्रेम आचार्याकी श्रीमतीले बुझिन् जीवन बीमाबापत् ५० लाख १२ हजार



अ+ अ-

काठमाडौँ । आत्मदाहको प्रयासपश्चात् निधन भएका इलामका प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले जीवन बीमा गरेबापत् दाबी भुक्तानी रकम उपलब्ध गराएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतककी श्रीमती नानुका अधिकारीका नाममा चेकमार्फत कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।

नयाँबानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपश्चात् घाइते भएका उनलाई उपचारका लागि र्कीतिपुरस्थित बर्न अस्पताल लगिएपनि उनको उपचार सफल हुन सकेन । अस्पताल भर्ना गरेको भोलिपल्ट बिहान आचार्यको मृत्यु भएको थियो ।

आचार्यको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाले देश विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग जुटाउँदै आएका छन् ।