२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीमा बचत सिमा: एक व्यक्तिले २५ लाखभन्दा बढी राख्न नपाउने



अ+ अ-

काठमाडौं । सरकारले सहकारी संस्थामा बचतको सीमा लगाउने तयारी गरेको छ । सहकारी ऐन २०७४ संशोधन अनुसार सहकारी संस्थामा एक व्यक्तिले २५ लाखभन्दा बढी राख्न नपाउने व्यवस्था गरिएको छ ।

शुक्रबार कानून, न्याय तथा संसदीय मन्त्रालयले संसदमा दर्ता गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ मा २५ लाख रुपैयाँ नबढ्ने गरी मात्र बचत गर्न पाउने व्यवस्था गरिएको हो ।

तर, कानून संशोधन अघि राखिएको बचतको हकमा भने सिमा भन्दा बढी भएमा पाँच वर्षभित्र सीमामा ल्याउनुपर्ने विधेयकमा उल्लेख गरेको छ । सहकारी ऐन २०७४ को दफा ५२ मा रहेको ‘व्यक्तिगत बचतको सिमा’भन्ने शव्दहरुको सट्टा ‘व्यक्तिगत बचतको सिमा २५ लाख रुपैयाँ नबढ्ने गरी’ भन्ने शब्द थपिएको बताईएको छ ।

विधेयकको रुपमा रहेको यो ऐन संसदले पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रुपमा प्रयोगमा आउनेछ ।