२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

सोमबार रुपन्देहीको क्षेत्र नम्बर–१ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले ७ दलीय सत्ता गठबन्धन भत्किएर पुरानो पाँच दलीय गठबन्धन ब्युँतिने दाबी गरेका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुन १० गतेसम्म भत्किन्छ ।’

यस्तै, थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता भइरहेको र राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने समेत जिकिर गरे ।