५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । 

बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको हो । त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेलको राजिनामा समेत माग गरेको छ । 

सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि महाप्रवन्धक पौडेलले सरोकारवालाहरुसँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो । निगममा रहेको तिनवटै ट्रेड युनियनहरुले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरुमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरुलाई घाइते बनाएको प्रति पनि संयुक्त ट्रेड युनियनले भत्र्सना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताउनुभयो ।

निगमको महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको सम्पतिको कम मुल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखि सिमित व्यक्तिको माग पुरा गर्ने राष्ट्रघाती कदम चालिएकाले पौडेलको राजिनामा माग्नुपरेको महासचिव लम्सालले बताउनुभयो ।