काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले घरबेटी सरस्वती प्रधान र मन्त्री कृष्णगोपाल, सरकारी वकिल र प्रहरीबिरूद्ध दर्ता गरेको रिटमा आज सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
जातीय छुवाछुत तथा भेदभावको आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतबाट छुटाउन 'भूमिका खेलेको' भन्दै सर्वोच्च अदालतले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई असार २९ गते सर्वोच्चमा उपस्थित हुन भनेको छ ।














