२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौँ । सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलगायतलाई बोलाएर गृहसचिव बिनोद सिंहले कारबाही गर्ने निर्देशन दिनुभयो ।

ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

साथै प्रदर्शनकारीहरुको भिडले बसपार्कमा रहेको मोबाइल पसलमा छिरेर करोडौँ मूल्य बराबरको मोबाइल लुटपाटसमेत गरेको थियो ।

प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।