५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरु राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सदस्यहरु समसायिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट बक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले दाङको निर्माणाधिन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दुख पाएको भन्दै त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भनी प्रश्न गर्नुभयो ।

राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपाली कोभिड १९ को महामारीका कारण जनस्वास्थ्य पछि शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको बताउनुभयो । उहाँले शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट बञ्चित भएको भन्दै तीनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मुल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोडिभ १९ को महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरु झनै पिडीत भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाउनुभयो । उहाँले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्नुभयो । त्यसैगरी छोटो समयमा पटक पटक इन्धनको मुल्य बढेको र त्यसले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

राष्ट्रियसभा सदस्य कोमल ओलीले भने छिमेकी मित्रराष्ट चिनले विश्वमा आफ्नो आवश्यकता महसुस गराउन सफल भएको भन्दै चिनको कम्युनिष्ट पार्टी स्थापनाको सतबार्षिकीको अवसरमा चिनका राष्ट्रपतिका साथै सरकार र चीनीयाँ जनतालाई चिनिया भाषामा नै शुभकामना र बधाई दिनुभयो ।